जोडिनुहोस
  • होमपेज
  • आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ : एमाले सांसद बास्कोटा

आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ : एमाले सांसद बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले गुठी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।आइतबार प्रतिनिधिसभामा आकस्म्कि समय लिएर उनले भने, ‘हामी समाजवादी हां भन्छौं किसानलाई न्याय दिन्छौं भन्छौं । जसले जमिन जोतिरहको छ । उनीहरुको नाममा दर्ता हुन सकेको छैन ।’

सिन्धुपाल्चोक, काभ्रे लगायतका क्षेत्रमा समेत गुठी समस्या रहेको उनले बताए ।

‘आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ । काभ्रेको मेरै जिल्ला सिपाघाटमा त्यही छ । बजार बसिसक्यो’ उनी भन्छन्, ‘मान्छेले विजुलीको घरको नक्सा पास हुँदैन तर घर बनाउँछ ।’

अन्यत्र पनि गुठी समस्या रहेको उनले बताए । ‘चण्डेश्वरी बनेपाको बजारमा त्यस्तै छ । पलाञ्चोक भगवतिमा २५ सय बढी मान्छेहरुको जमिन उनका नाममा छैनन । तर जमिन कमाइरहेका छन् । यो समस्याको समाधान होस्’ एमाले सांसद बास्कोटाले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका