जोडिनुहोस
  • होमपेज
  • बारामा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

बारामा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

सडक दुर्घटनामा परी बारामा एक जनाको ज्यान गएको छ । बारा महागढीमाई नगरपालिका ८ थलही पुल नजिकै कलैयाबाट लङ्गडाचोक तर्फ जाँदै गरेको ना. ३७ प ४१४८ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सो दुर्घटनामा आदर्श कोतवाल गाउँपालिका १ जमुनिया बस्ने २२ वर्षका विकास कुमार साहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ भने फरार रहेको गाडीको खोजतलास भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका