जोडिनुहोस
  • होमपेज
  • आर्थिक वर्ष २०७९-८० बाट सरकारी खातामा एक रुपैयाँ पनि बचेन

आर्थिक वर्ष २०७९-८० बाट सरकारी खातामा एक रुपैयाँ पनि बचेन

काठमाडौँ । झन्डै ४ खर्ब रुपैयाँ बराबरको घाटामा बजेट कार्यान्वयन गरेको सरकारले अघिल्लो आर्थिक वर्षबाट एक रुपैयाँ पनि बचाउन सकेन । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७९-८० को नगद मौज्दातमा सरकार निल हुन पुगेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८-७९ को असार मसान्तबाट सरकारले ११ अर्ब ४६ करोड २३ लाख ४२ हजार ४१० रुपैयाँ सप्र्लश मौज्दात राखेको थियो । तर, पछिल्लो वर्ष राजस्वको स्रोत खुम्चिन पुग्दा सरकारको बजेट घाटामा गएको छ । जसले गर्दा सरकारी खाता रित्तिन पुगेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।

यद्यपि, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा हाल सरकारी बचत ६० अर्ब रुपैयाँ रहेको छ । यो स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारको समेत पैसा हो ।

आर्थिक वर्ष २०७९-८० मा कूल १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बजेट खर्च हुँदै गर्दा यता राजस्वतर्फ जम्मा १० खर्ब ३१ अर्ब ६९ करोड २१ लाख रुपैयाँ मात्र सङ्कलन हुन सकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका