जोडिनुहोस
  • होमपेज
  • ग्रिसको जंगलमा अनियन्त्रित आगो, १९ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

ग्रिसको जंगलमा अनियन्त्रित आगो, १९ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । ग्रिसको एक जंगलमा भिषण आगलागी भएपछि १९ हजार भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मानिसरुको स्थानान्तरण जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने छ ।

लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएपछि अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । आइतबार बेलुका ग्रिसको आपतकालीन सेवाले सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ ।

बीबीसीका अनुसार देशको अग्निशमन सेवाले यो आगलागीको सामनालाई सबैभन्दा कठिन घटना भनेको छ ।

ग्रिसमा केही सातायता भयंकर गर्मी छ । त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेड भन्दा बढी छ । यही गर्मीको बेला ग्रिस आगलागीको चपेटामा परेको हो । गत मंगलबारदेखि नै तीव्र हावासँगै जंगलको आगो अनियन्त्रित भएर फैलिइरहेको छ ।

आगोबाट जोगिन धेरै मानिसहरु आफ्नो थातथलो छाड्न बाध्य छन् । यद्यपि आगलागीबाट मानवीय क्षति भने नभएको ग्रिसको जलवायु संकट र नागरिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मानिसहरुलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानका होटलहरुमा लगेर राखिएको छ ।

बीबीसीका अनुसार किओतारी क्षेत्रमा तीन होटल आगोमा जलेका छन् । लेर्मा, लार्डोस् र एक्सिलपियो क्षेत्र आगोबाट प्रभावित भएका छन् । आगो निभाउनका लागि पाँच वटा हेलिकप्टर र १७३ अग्नि नियन्त्रक सहितको टोली खटिएका छन् ।

आगलागीले उत्पन्न संकटका कारण त्यहाँको सरकारले सोमबारको सार्वजनिक विदासमेत स्थगित गरेको बीबीसीले जनाएको छ ।

पर्यटकबीच लोकपि्रय मानिने गि्रक द्वीपको पूर्वी क्षेत्रबाट समुद्री तट हुँदै मानिसहरुलाई सुरक्षित स्थानमा लैजानका लागि निजी डुंगा चालक र तटरक्षक बल सक्रिय छन् । ग्रीक नौसेनाका जहाज पनि सो क्षेत्रमा परिचालन गर्ने तयारी भरहेको छ ।

भिडियो फुटेजहरुमा आकाशमा धुँवाको मुस्लो उठेको र पर्यटकहरु आफ्नो लगेजसहित लामो लाइन लागेर सो ठाउँ छोडिरहेको दृष्य देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका