जोडिनुहोस
  • होमपेज
  • चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ ।उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो ।

सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ जना भग्नावशेषमा च्यापिएका थिए । तीमध्ये ११ जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ । मृतकमध्ये धेरैजसो बालबालिका छन् ।

प्रहरीले जिम हाउस सन्चालकलाई पक्राउ परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका