जोडिनुहोस
  • होमपेज
  • ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु

ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु

ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु भएको छ । पाटन मल्टिपल क्याम्पसले फर्स्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक २०२४ एफआईसीसी नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु गरेको हो ।

आजदेखि शुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिङ्गापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहेको छ ।

अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासनजस्ता नयाँ विषय जोडिएकाले यी विषयमा नवीन ज्ञान आर्जन र साझा गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको आयोजकले बताएको छ । सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीति निर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाण्डौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न आङ्गिकरसम्बन्धन क्याम्पस तथा विभागको संलग्नता रहेको छ । सम्मेलनका लागि कुल ३८ वटा अनुसन्धान पत्र छनोट भएका छन् । सम्मेलनमा दुई जना विज्ञ वक्ताबाट किनोट लेक्चर र पाँच जना विज्ञ सम्मिलित एउटा प्यानल छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका