जोडिनुहोस
  • होमपेज
  • इन्टरनेट प्रतिबन्ध लगाउने देशको सूचीमा पाकिस्तान विश्वमा तेस्रो स्थानमा

इन्टरनेट प्रतिबन्ध लगाउने देशको सूचीमा पाकिस्तान विश्वमा तेस्रो स्थानमा

इस्लामावाद— पाकिस्तानमा सन् २०२३ को पहिलो ६ महिनामा इन्टरनेट प्रतिबन्ध लगाउने देशको सूचीमा विश्वमा तेस्रो स्थानमा रहेको पाकिस्तानको स्थानीय पत्रिका डनले उल्लेख गरेको छ।

पाकिस्तानले विश्वभरका ४२ वटा नयाँ प्रतिबन्धहरू मध्ये तीन वटा लागू गरेको छ, डनले लिथुआनियामा मुख्यालय रहेको भर्चुअल निजी नेटवर्क कम्पनी सर्फशार्कको रिपोर्टलाई उद्धृत गर्दै इन्टरनेट शटडाउन ट्र्याकरमा आधारित इन्टरनेट प्रतिबन्धको आधा वर्षको विश्लेषण गरेको छ।

यी इन्टरनेट प्रतिबन्धहरू मे ९ मा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि लगाइएको थियो।

त्यसबेला पाकिस्तानमा ट्विटर, फेसबुक, इन्स्टाग्राम र युट्युबमा पहुँचमा प्रतिबन्ध लगाइएको थियो, रिपोर्टमा भनिएको छ। यसबाहेक, पाकिस्तानमा केही दिनपछि केही अस्थायी मोबाइलनेटवर्क अवरोधहरू देखिएका थिए। २०२३ को पहिलो अर्धवार्षिक समिक्षामा फेसबुकमाथिको प्रतिबन्ध यथावत् नै रहेको छ ।

फेसबुकलाई इथियोपिया, गिनी, सेनेगल, पाकिस्तान र सुरिनाममा प्रतिबन्ध लगाइएको छ, डन पत्रिकाले रिपोर्टलाई उद्धृत गर्दै रिपोर्टउल्लेख गरेको छ। यी सबै राष्ट्रहरूमा सरकारले लगाएको इन्टरनेट प्रतदबन्धको हो ।

यसैगरी टेलिग्राम, इन्स्टाग्राम र युट्युब अहिलेपनि चार देशमा प्रतिबन्ध रहेको छ । । यस्तै, व्हाट्सएप र ट्विटर तीन देशमा प्रतिबन्ध रहेको छ । इथियोपियाले पहिलो अर्धवार्षिकमा टिकटकमा प्रतिबन्ध लगाएको थियो। यद्यपी, अमेरिका टिकटकमाथि प्रतिबन्ध लगाउने आठौं राष्ट्र हो ।

रिपोर्टका अनुसार पाकिस्तानले इन्टरनेटको पहुँच र समग्र प्रयोगको सन्दर्भमा केही फाइदाहरू गरेको छ। यद्यपि, डन पत्रिकाका अनुसार पाकिस्तान इन्टरनेटको मामिलामा सबैभन्दा खराब प्रदर्शन गर्नेहरूमध्ये एक हो ।

इन्टरनेट पहुँच र समग्र प्रयोगको सन्दर्भमा, पाकिस्तानले केही लाभहरू हासिल गर्यो, तर विश्वको सन्दर्भमा, पाकिस्तान एसियामा पनि सबैभन्दा खराब प्रदर्शन गर्ने देशहरूमा एक रहेको डन पत्रिकाले रिपोर्टलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

प्रतिवेदनले इन्टरनेटको पहुँचमा बृद्धि भए पनि करिब १५ प्रतिशत जनसङ्ख्या अझै पनि इन्टरनेट र मोबाइल वा टेलिकम सेवाको पहुँचबाट वञ्चित रहेको बताएको छ । प्रतिवेदनले पाकिस्तानी नागरिकहरु इन्टरनेटको सुस्त गति र सेवामा एकरूपताको अभावबाट पीडित रहेको उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका