जोडिनुहोस
  • होमपेज
  • आचारसंहिताको कारण देखाउँदै रास्वपाले स्थगित गर्यो बैठक

आचारसंहिताको कारण देखाउँदै रास्वपाले स्थगित गर्यो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहान ११ बजेका लागि तय गरेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित गरेको छ । उपराष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्नेबारे निर्णय गर्न रास्वपाले बैठक डाकेको थियो । निर्वाचन आचारसंहिताका कारण बैठक स्थगित गरिएको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।

‘कसलाई मतदान गर्ने भन्ने विषयमा आन्तरिक छलफलबाट निर्णय गर्छौं । अहिलेसम्म कसैलाई मतदान गर्ने भन्ने टुंगिएको छैन’, उनले भने । मौन अवधि सुरू भइसकेको भन्दै बिहीबार निर्वाचन आयोगले बैठक राखेर पक्ष-विपक्षमा नखुल्न दलहरूको ध्यानाकर्षण गराएको थियो ।

राष्ट्रपति चुनावमा रास्वपा सत्ता गठबन्धनको पक्षमा उभिएको थियो । नयाँ उपराष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि मतदान सुरू हुँदैछ । सत्ता गठबन्धनबाट जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य मैदानमा छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका