जोडिनुहोस
  • होमपेज
  • जतिसुकै षड्यन्त्र गरेपनि भ्रष्टाचारविरुद्धको फाइल रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

जतिसुकै षड्यन्त्र गरेपनि भ्रष्टाचारविरुद्धको फाइल रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको फाइल सरकारले खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको बताएका छन् ।

आइतबार राजधानीमा भएको समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले असफल बनाउन जति षड्यन्त्र गरेपनि कुनै हालतमा भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने जिकिर गरे ।

‘भ्रष्टाचारविरुद्ध जिहाद छेडिएको छ । यो राजनीति ‘स्टन्ट’को कुरा होइन । आगामी दिनमा हेर्दै जानुहोला अन्य फाइल खोलिनेवाला छ’, उनले भने, ‘ग्राउण्डमा तपाइँहरूको समर्थन व्यापक आवश्यक छ । यो ‘ब्याटल’ हो, हामीले जित्नै पर्छ ।’

समाजवादी मोर्चा र गठबन्धन सरकार भत्काउन विभिन्न षड्यन्त्र भएपनि त्यसलाई असफल बनाउन मोर्चा दृढ रहेको उनले विश्वास दिलाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका