जोडिनुहोस
  • होमपेज
  • जाजरकोटमा बालिका बलात्कृतको घटना मिलाउन शुरुमा तिलहरी र नमानेपछि ३ लाखको प्रस्ताव

जाजरकोटमा बालिका बलात्कृतको घटना मिलाउन शुरुमा तिलहरी र नमानेपछि ३ लाखको प्रस्ताव

जाजरकोटको कुशे गाउँपालिकामा एक जना बालिका बलात्कृत भएकी छन् । जाजरकोटकै ३० वर्षीय दीपक रोकायाले बालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको घटना सार्वजिनक भएको छ। बालिकाका बुवा गोठालो गएको र आमा उपचारका लागि भारत रहेका बेला साउन ६ गते राति बालिकामाथि बलात्कार भएको बालिकाका आफन्तले बताएका छन् ।

बालिकाका दाइ नाता पर्नेका अनुसार घटना मिलापत्रका लागि बालिकाको परिवारलाई चौतर्फी दबाब आइरहेको छ । घटना भएको ३ दिनपछि प्रहरीले मुद्दा दर्ता गरे पनि घटनाबारे चासो नदेखाएको परिवारको गुनासो छ । कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गाउँको कुरा हो गाउँमै मिलाउँ भन्दै प्रहरीकोमा नजान दबाब दिएको पीडित पक्षको भनाइ छ ।

सुरुमा घटना भएपछि बलात्कार गर्ने पुरुषको आमाले बालिकाका बुवालाई तिलहरी दिएर बिहे गर्ने आश्वासन दिइन् । बालिकाका बुवाले नमानेपछि ३ लाख जति पैसा दिने प्रस्ताव गरिएको थियो । जसमा घटना मिलाउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष नै लागिपरेको आरोप लागेको छ।

बलात्कारपछि बालिकालाई ई-कोन अर्थात आकस्मिक गर्भनिरोधक चक्की खुवाउनु भनेको भिडियो पनि सार्वजिक भएको छ । बालिकाका बुवालाई जिल्ला प्रहरी कार्यालयबाट फोन गरेर एक प्रहरीले डाक्टरले इकोन खुवाउनु भनेको भन्दै गर्भनिरोधक चक्कि ख्वाउन भनिएको छ ।

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भने उक्त घटना मिलाउन आफूले कुनै पक्षलाई दबाब नदिएको दाबी गरेका छन् । साथै आफू जिल्ला बाहिर रहेकाले घटना मिलाउने काममा आफू संलग्न नरहेको पनि बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटले बालिका बलात्कारको जाहेरी आएपछि दर्ता भएर घटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार २ जनालाई पक्राउ पुर्जी पनि जारी भएको छ । उनीहरु अहिलेसम्म पक्राउ भने परेका छैनन् । प्रहरी खटिएर खोजी गरिरहेको उनले बताए । तर प्रहरीले ई-कोन खानु भनेको बारे भने आफूलाई जानकारी नभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका