जोडिनुहोस
  • होमपेज
  • न्यायाधीशका पीएसओको पेस्तोल घरबाटै चोरी, दुई जना पक्राउ

न्यायाधीशका पीएसओको पेस्तोल घरबाटै चोरी, दुई जना पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षी य वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुंगेलका अनुसार, उनीहरुले ३० असारमा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको छ । त्यसमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको छ ।

प्रहरीका अनुसार, सई खड्काको घर नजिकै उनीहरु चोरी गर्न गएका थिए । फर्किँदा झ्याल खुल्लै देखेपछि अंकुशे लगाएर झोला तानेका थिए । झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत राखेका थिए ।

पेस्तोल चोरी भएलगत्तै उनले भोलिपल्ट प्रहरी वृत्त, बौद्धमा जानकारी गराएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका