जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ताेलामा ८०० रुपैयाँ वृद्धि भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

बुधबार छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य पनि बढेर तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ४० रुपैयाँ बढेर १ हजार ४४० रुपैयाँमा कारोबार भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका