जोडिनुहोस
  • होमपेज
  • सर्लाहीको एक विद्यालयमा युवकको शव फेला

सर्लाहीको एक विद्यालयमा युवकको शव फेला

जनकपुरधाम । मलंगवाको एक विद्यालयमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।

मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् ।

विद्यालय भवनको बरन्डामा आज बिहान स्थानीयले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेर मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।

मृतकको शवमा कुनै प्रकारको घाउचोट नदेखिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुले जानकारी दिए ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका