जोडिनुहोस
  • होमपेज
  • निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैनः अर्थ मन्त्रालय

निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैनः अर्थ मन्त्रालय

काठमाडौं। निर्माण व्यवसायीले काम गरेबापत भुक्तानी नपाएको भन्दै आन्दोलन गरे पनि सरकारका कर्मचारी भने नियमसङ्गत आएका बिलहरुको भुक्तानी नरोकिएको बताएका छन् । प्रक्रिया पूरा गरेर आएका बिलहरु नरोकिएको र भुक्तानीमा कुनै बाधा नभएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए । नियमानुसार प्रक्रिया पुर्याएर आएका बिलहरुको भुक्तानी रोक्ने अधिकार सरकारलाई नभएको उनले बताए ।

उनले भने ,“असारभित्र प्रक्रिया पुर्याएर आएका बिलहरुको भुक्तानी भएको छ, तर कागजात अपुग भएकाहरु भुक्तानी हुन नसक्ने बताए । निर्माण व्यायसायीहरु प्रक्रियाभन्दा पनि आन्दोलनबाट भुक्तानी माग गर्ने गरेको र यसको समधान आन्दोलनबाट नहुने भन्दै राज्यको नियमानुसारको भुक्तानी प्रक्रियामा आउन उनले आग्रह गरे ।

विषयगत मन्त्रालयहरुले काममा लगाए अनुसार रकम अपुग भएको खण्डमा अर्थ मन्त्रालयमा बजेट रकमान्तरको प्रस्ताव आउने गर्छ । विषयगत मन्त्रालयहरुले काममा लगाए अनुसार रकम अपुग भएको खण्डमा मन्त्रालयभित्रकै अन्य स्रोतबाट रकमान्तरका लागि प्रस्ताव गर्नुपर्ने हुन्छ तर अहिलेसम्म त्यस्तो नभएको मन्त्रालयको दाबी छ ।

अहिले व्यवसायीहरुले अर्बौँ रुपियाँ भुक्तानी बाँकी छ भन्दै आन्दोलनमा उत्रिनुको खास कारण भने आफूलाई थाहा नभएको शर्मा बताउछन । “व्यवसायीहरु अर्बौँ रुपियाँ भुक्तानी पाउन बाँकी छ भन्दै आन्दोलन गर्नुको कारण बुझ्न सकेको छैन् । सहमतिमै काम भएको हो भने समयमै रकमान्तरका लागि मन्त्रालयमा पठाइयो कि पठाइएन रु” विनियोजनको सुनिश्चितता बेगरका स्रोत व्यवस्थापन माग गर्दा यसले अनियमितता निम्त्याउने मन्त्रालयले जनाएको छ ।

यता नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रबी सिंहका अनुसार विकास निर्माणको काम गरेबापत १० अर्ब रुपियाँ हाराहारीको बिल र बिल गन्न बाँकी रहेको ४० अर्बसहित ५० अर्बको हाराहारीमा सरकारसँग भुक्तानी लिन बाँकी रहेकाले आन्दोलन गरिएको बताए ।

अध्यक्ष सिँहका अनुसार अनुसार खानेपानी, स्वास्थ्य, सडक विभाग अन्तर्गत पुल, सडक, मध्य पहाडी राजमार्ग, नदी नियन्त्रण, रेल्वे विभाग, स्थानीय अस्पताल, शहरी विकास परियोजनासहितका आयोजनामा यस्तो रकम भुक्तानी रोकिएको छ । उहाँका अनुसार सरकारले विकास आयोजनाको म्याद थप्ने तर समयमै भुक्तानी नगरेका कारण समस्या भएको हो ।

उनले भने ,“सरकारले विकास आयोजनाको म्याद भने थप्ने तर भएका कामको भुक्तानी रोक्ने गरेको छ । यसले गर्दा जनतासामु हामी बदनाम भएका छौँ ।” सरकारले समयमै सकिएको कामको बाँकी भुक्तानी नगरेसम्म आफूहरुको आन्दोलन यथावत् नै रहने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका