जोडिनुहोस
  • होमपेज
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जानकारी दिएको हो ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । यही साउन १८ गतेदेखि स्थिर रहेको चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका