जोडिनुहोस
  • होमपेज
  • सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो

सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

सय किलो पक्राउ परेको सुन गालेर हेर्दा ६० किलो ७ सय १६ ग्राम मात्र पाइए पनि नेपालबाट तस्करी भएर भारततर्फ सयौं किलो गइसकेको पुष्टि भइसकेको छ ।

अन्तर्राष्ट्रिय गिरोहकै सक्रियतामा भइरहेको सुन तस्करीमा चिनियाँ नागरिकको सहभागिता अत्यधिक हुन थालेपछि अनुसन्धानको जिम्मा पाएको सिआइबीले नेपालमा बसिरहेका र ओहोरदोहोर गरिरहेका चिनियाँहरूमाथि निगरानी बढाएको छ ।

गत साता पनि दुई जना चिनियाँ नागरिकसहित प्रमुख नेपाली अभियुक्तको आरोप लागेका राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परे पनि आवश्यक प्रमाण अपुग भएपछि पुनः बोलाउनेगरी छोडिएको थियो ।

बुधबार पक्राउ परेका चिनियाँ नागरिकहरूमा लिविन ताई, टिमिङ मी, डिङ सेङ्फा र ली नेङ्काई रहेका छन् । यसअघि पक्राउ परेका व्यक्तिहरूसँगको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

यसअघि राजस्व अनुसन्धान विभागले १५ नेपालीसहित १८ जनालई पक्राउ गरी सिआइबीलाई हस्तान्तरण गरेको थियो । जसमा भन्सार अधिकृत सन्तोष चन्द र भन्सार एजेन्ट राजकुमार भुजेल पनि छन् । स्वास्थ्यमा समस्या देखिएपछि भन्सार एजेन्ट रूक्मिना सुब्बालाई तारिखमा छोडिएको छ ।

यसैगरी, ट्याक्सी चालक अशोक लामासहित अन्य सरोज श्रेष्ठ, नरेश तामाङ, कृष्णकुमार श्रेष्ठ, राजनकुमार श्रेष्ठ, कुमार ढकाल, राजेन्द्रबहादुर राई, यादव पराजुली, सुदर्शन गौतम र हर्कराज राई अहिले पनि प्रहरी हिरासतमा नै रहेका छन् ।

तस्करीमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न ब्युरोका अधिकारीहरू बताउँछन् । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका