जोडिनुहोस
  • होमपेज
  • स्वस्तिमा भन्छिन्- सारुक आत्महत्या प्रकरणमा नम्रताले स्पष्टीकरण दिनुपर्छ

स्वस्तिमा भन्छिन्- सारुक आत्महत्या प्रकरणमा नम्रताले स्पष्टीकरण दिनुपर्छ

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले सारुकको आत्महत्याबारे अभिनेत्री नम्रता श्रेष्ठले स्पष्टीकरण दिनुपर्ने बताएकी छन् ।

स्वस्तिमाले प्रकाश सुबेदीसँगको अन्तर्वार्तामा सारुकको आत्महत्या बारे नम्रताले मिडियामा आएर भन्दा पनि सारुकको आमा-बुबालाई भेटेर वास्तविकता के हो त्यो बताउनु पर्ने धारणा राखेकी हुन् ।

स्वस्तिमाले भनेकी छन्- ‘नम्रता श्रेष्ठसँग जोडिएका कुरा सुन्दा ‘सक्ड’ भएकी थिएँ । जे मिडियामा आएको छ र जे सुनिएको छ, यदि उहाँ संलग्न हो भने स्पष्टीकरण दिनुपर्छ । कति कुराहरु मिडियामा नआएको पनि छ । यसैले उहाँले स्पष्टीकरण दिनैपर्छ ।’

उनले अगाडी भनेकी छन्- ‘मान्छे मरेर जानु भनेको त अन्तिमको कुरा हो । त्योभन्दा बाहेक अरु केही छैन,’ उनी भन्छिन्, ‘उहाँले स्पष्टीकरण चाहिँ दिनुपर्छ । मिडियामा आएर पर्दैन तर सारुकको आमा-बुबालाई भेटेर के भएको हो त्यो चाहिँ भन्नुपर्छ । कमसेकम सारुकको आमा-बुबालाई मन बुझाउने बाटो हुन्छ ।’

गत असार २१ गते रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको मोबाइलको नोटप्याडमा सुसाइड नोट भेटिएको थियो । सारुकको मोबाइललाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउँदा आएको रिपोर्टमा सुसाइड नोट भेटिएको प्रहरीले जानकारी दिएको थियो । सुसाइड नोटमा सारुकले विवाद ननिकाल्न र कसैलाई दुःख नदिन प्रहरीलाई आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका