जोडिनुहोस
  • होमपेज
  • विश्वकप छनोट खेलेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

विश्वकप छनोट खेलेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

काठमाडौं । जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । शुक्रबार स्वेदश फर्किएको राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई मात्र हराएको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्गयाएको थियो ।

स्वदेश फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआएपनि धेरै अनुभव प्राप्त भएको बताए । उनले अहिलको अनुभवलाई आगामी प्रतियोगितामा प्रयोग गर्ने उल्लेख गरे। टेष्ट राष्ट्रहरुसँग खेल्दा निकै उत्साहित भएको र नेपाली टोलीले निकै राम्रो खेलेको उनले बताए ।

त्यस्तै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन राम्रो देखिएको बताए । सोचेजस्तो लक्ष्य हासिल नभएपनि आगामी प्रतियोगितामा राम्रो तयारी गर्ने उनले बताए । उनले राष्ट्रिय क्रिकेट टिम थप बलियो हुदै गएको पनि बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका