जोडिनुहोस
  • होमपेज
  • जी–२० शिखर सम्मेलनलाई मध्यनजर गर्दै भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त पार्किङको व्यवस्था

जी–२० शिखर सम्मेलनलाई मध्यनजर गर्दै भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त पार्किङको व्यवस्था

नयाँ दिल्ली— सबैका लागि सहज र प्रभावकारी यात्रा सुनिश्चित गर्दै दिल्ली एयरपोर्ट अपरेटरले भारतको राजधानी नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा जी–२० शिखर सम्मेलनको लागि विमानका लागि पर्याप्त पार्किङको व्यवस्था गरिएको जनाएको छ ।

दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडले पनि भारतको अध्यक्षतामा हुन लागेको विश्व शिखर सम्मेलनको सन्दर्भमा सेप्टेम्बर ८ देखि तीन दिनभित्र ८० आवागमन र प्रस्थान गर्ने आन्तरिक उडान रद्द गर्नका लागि एयरलाइन्सबाट अनुरोध गरेको छ ।

यसअघि नागरिक उड्डयन मन्त्रालयले दिल्ली विमानस्थलबाट ग्राउन्डेड विमानलाई नजिकैका विमानस्थलमा सार्न सरोकारवालासँग छलफल गरिसकेको थियो ।

जी–२० शिखर सम्मेलन सेप्टेम्बर ९ र १० मा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमामा हुँदैछ। यसैबीच, भारतको सर्वोच्च अदालतले शुक्रबार एक परिपत्र जारी गर्दै राष्ट्रिय राजधानीमा जी–२० शिखर सम्मेलनलाई ध्यानमा राख्दै सेप्टेम्बर ८ मा बन्द रहने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका