जोडिनुहोस
  • होमपेज
  • भारतले सुर्यको अध्ययन गर्न सेप्टेम्बर २ मा आदित्य एल १ मिशन लन्च गर्दै

भारतले सुर्यको अध्ययन गर्न सेप्टेम्बर २ मा आदित्य एल १ मिशन लन्च गर्दै

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) सुर्यको अध्ययन गर्न आदित्य एल १ मिशन प्रक्षेपण गर्ने भएको छ ।

इसरोले आगामी सेप्टेम्बर २ मा भारतीय समय अनुसार बिहान ११ः ५० बजे आन्ध्रप्रदेशको श्रीहरिकोटास्थित सेटेलाइट लन्च सेन्टरबाट लन्च गर्ने घोषणा गरेको हो ।

सुर्यको अध्ययन गर्न जाने यो पहिलो भारतीय मिशन हुने इसरोले जनाएको छ । यसले पृथ्वीबाट १५ लाख किलोमिटरको यात्रा तय गर्ने छ जुन चन्द्रको भन्दा चार गुणा बढी रहेको छ ।

यस मिशनको उद्धेश्य सुर्यको बारेमा गहिरो अध्ययन गर्ने रहेको छ । यस मिशनले सुर्यको वातावरण, सौर्य हावाको बहाव र सुर्यको तापक्रम वितरणको बारेमा अध्ययन गर्ने इसरोले जनाएको छ ।

भारतले हालै चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलो पटक चन्द्रयान(३ को सफल अवतरण गरेर विश्वको ध्यान केन्द्रित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका