जोडिनुहोस
  • होमपेज
  • दक्षिण पश्चिम पाकिस्तानमा ४ जना आतंकवादी मारिए

दक्षिण पश्चिम पाकिस्तानमा ४ जना आतंकवादी मारिए

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार चार जना आतंककारीहरू मारिएका छन् । प्रहरीको आतंकवाद विरोधी विभागले गरेको कारबाहीमा चार आतंककारी मारिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ । सो घटना तुर्बत जिल्लामा भएको थियो । प्रहरीले एउटा कम्पाउन्डमा आतंककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा कारबाही सञ्चालन गरेको थियो । प्रहरीले छापा मार्दा आतंककारीहरूले प्रहरी माथि गोली प्रहार गरेका थिए भने, त्यसको जबाफी कारबाहीमा उनीहरू मारिएका हुन् ।

मारिएका आतंककारीबाट हतियार र गोलबारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । आतंककारीहरू सो प्रान्तमा आतंकवादी हमला र हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका