जोडिनुहोस
  • होमपेज
  • एर्लिङ हालान्डले जिते पीएफए वर्ष खेलाडीको अवार्ड

एर्लिङ हालान्डले जिते पीएफए वर्ष खेलाडीको अवार्ड

काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।

प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए)ले प्रदान गर्ने उक्त अवार्डमा हालान्डले पुरुषतर्फ अवार्ड जितेका हुन् ।

युवा वर्ष खेलाडीको अवार्ड भने आर्सनलका बुकायो साकाले प्राप्त गरे ।

नर्वेका फरवार्ड हालाण्डले गत सिजन सिटिले ट्रेबल उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिटीका लागि सबै प्रतियोगितामा गरी ५२ गोल गरेका थिए ।

हालाण्डले सिटीकै केभिन डे ब्रुएना र जोन स्टोन्ससहित आर्सनलका साका र मार्टिन ओडेगार्ड अनी हाल बायर्न म्युनिखका आबद्ध भइसकेका टोटेनहमका तत्कालीन खेलाडी ह्यारी केनलाई पछि पारेका हुन् ।

‘यो प्रतिष्ठित पुरस्कार जित्न पाउनु सम्मानको कुरा हो । आफ्नै प्रतिस्पर्धीबाट चुनिनु निकै राम्रो महशुस भएको छ । र सबैलाई मतका लागि धन्यबाद दिन चाहन्छु ,’ हालान्डले भनेका छन् ।

हालान्ड सन् २०२२ मा ५१ मिलियन पाउण्डमा बोरुसिया डर्टमण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए ।

हालाण्ड वर्ष युवा खेलाडीमा समेत मनोनीत भएका थिए । तर यस विधामा भने आर्सनलका साकाले बाजी मारे । उनले गत सिजन आर्सनलका लागि १४ गोल गर्नुका साथै ११ असिस्टगरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका