जोडिनुहोस
  • होमपेज
  • रुसको विमानस्थलमा ड्रोन आक्रमण

अन्तर्राष्ट्रिय

रुसको विमानस्थलमा ड्रोन आक्रमण

रुसको विमानस्थलमा ड्रोन आक्रमण

रुसको उत्तर पश्चिमी सहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको बताइएको छ । रुसका स्थानीय सञ्चार माध्यमले सो कुरा बताएका छन् ।

स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको बताएका छन् । गभर्नरले एक भिडियो सेयर गरेका छन्, जसमा विस्फोटको आवाज सुन्न सकिन्छ भने आगलागी भइरहेको देख्न सकिन्छ ।

रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति पुगेको समाचार बाहिरिएको छ । बीबीसीले भने यो रिपोर्ट पुष्टि गर्न नसकेको बताएको छ ।

रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुई वटा विमानमा आगो लागेको छ ।

पेस्कोभका गभर्नर मिखाइल भेडेर्निकोभले प्रारम्भिक अनुसन्धानले आक्रमणमा कुनै हताहत नभएको बताए ।

पेस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको नजिक छ ।

युक्रेनले यस हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन । युक्रेनले विगतमा रुसभित्र भएका आक्रमणबारे विरलै प्रतिक्रिया दिने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका