जोडिनुहोस
  • होमपेज
  • भारतले जनताको आकांक्षा पूरा गर्न पूर्वाधारमा लगानी

भारतले जनताको आकांक्षा पूरा गर्न पूर्वाधारमा लगानी

नयाँ दिल्ली— भारतको केन्द्रीय वाणिज्य मन्त्री पियुष गोयलले भारत आफ्नो बढ्दो जनसंख्याको आकांक्षा पूरा गर्न पूर्वाधारमा ठूलो लगानी तर्फ अघि बढिरहेको बताएका छन् । ुआईएसए स्टील कन्क्लेभ २०२३ को चौथो संस्करणलाई सम्बोधन गर्दै। मन्त्रीले सन् २०३० सम्ममा वार्षिक ३० करोड टन स्टिल उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् ।

कार्यक्रममा ‘स्टील सेपिङ द सस्टेनेबल फ्युचर’ भन्ने विषयमा छलफल भएको थियो ।
कार्बन बोर्डर एडजस्टमेन्ट मेकानिज्म को बारेमा चिन्तालाई सम्बोधन गर्दै, गोयलले भारत सरकारले यो मुद्दा युरोपेली संघ र विश्व व्यापार संगठन मा उठाएको बताएका छन्।

उनले भारतीय उत्पादक र निर्यातकर्ताहरूका लागि उचित व्यवहारको महत्त्वलाई जोड दिए ।

मन्त्रीले विकसित देशहरूमा स्टिल उद्योगका लागि अझ राम्रो स्वतन्त्र व्यापार सम्झौताको पहुँच सुनिश्चित गर्ने प्रयासलाई प्रकाश पार्दै व्यापार सम्झौताहरूमा बौद्धिक सम्पत्ति र मूल्य अभिवृद्धिको महत्त्वमा जोड दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका