जोडिनुहोस
  • होमपेज
  • थाईल्यान्डसँग नेपाल पराजित

थाईल्यान्डसँग नेपाल पराजित

काठमाडौं । नेपाल महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाईल्यान्डसँग पराजित भएको छ ।

पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ ।

शुक्रबार भएको सेमिफाइनलमा नेपाल ४६ रनले पराजित भएको हो । थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो ।

नेपालका लागि कविता कुवँरले अविजित १७ रन बनाईन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन बनाए ।

अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाईल्यान्डका लागि ओन्निचा कामचोम्फु र थिप्चा पुत्थावोंगले समान ३/३ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

थाईल्यान्डका लागि नान्नापत खोन्चरोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाईन् ।

नेपालका लागि कविता कुवँर र पूजा महतोले समान १/१ विकेट लिएका थिए ।

यस खेलमा विजेता भएसँगै थाईल्यान्डले टी-ट्वान्टी महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाउने छ ।

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन ।

२०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डविरुद्ध नेपालले खराब प्रदर्शन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका