जोडिनुहोस
  • होमपेज
  • तिलिचोभन्दा २७१ मिटर अग्लो स्थानमा नयाँ ताल

तिलिचोभन्दा २७१ मिटर अग्लो स्थानमा नयाँ ताल

काठमाडौ । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा तिलिचो भन्दा बढी अग्लो स्थानमा ताल पत्ता लागेको छ । स्थानीय जनप्रतिनिधिका अनुसार डोल्पोबुद्ध गाउँपालिकामा समुन्द्र सतहबाट ५ हजार १ सय ९० मिटर उचाइमा ताल फेला परेको हो । यो ताल डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा नयाँ ताल पत्ता लागेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । यो ताललाई स्थानीयहरुले कुन्ख्येन फालक नामले चिन्ने गरेका छन् ।

नेपालमा हालसम्म प्रमाणित सबैभन्दा उचाइमा रहेको ताल मनाङ जिल्लाको तिलिचो ताल हो। तिलिचो ताल समुद्र सतहबाट ४ हजार ९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर छ। चौडाइ १।२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ। यो ताल विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो ।

डोल्पाको फालगाउँमा पत्ता लागेको नयाँ तालको ताल समुद्र सतहबाट ५ हजार १९० मिटर उचाइमा रहेको स्थानीय जनप्रतिनिधिहरुको दाबी छ । उनीहरुका अनुसार यो ताल तिलिचो तालभन्दा २ सय ७१ मिटर बढी उचाइमा रहेको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले उक्त तालबारे उचाइसहित जानकारी गराएको बताएका छन् ।डोल्पोबुद्धका जनप्रनिधिले फेला पारेको सबैभन्दा धेरै उचाइको नयाँ ताल आसपास नै अन्य दुई ताल पनि रहेका जानकारी गराएको उनले बताए । प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेल उक्त तालबारे। वास्तविकता भने सम्बन्धित टोलीले नापजाँच गरेपछि मात्र वास्तविकता पत्ता लाग्ने बताए ।

आइतबार डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देबकोटा कार्यालयमा आएर आफूलाई नयाँ तालको विषयमा जानकारी गराएको उनको दाबी छ ।

केही दिनअघि डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङ, वडा नम्बर ६ का अध्यक्ष नुर्बु डम्डुल गुरुङसहितका जनप्रतिनिधिले कुन्ख्येन फालक तालमै पुगेर जिपिएस प्रणालीबाट तालको नापजाँच गरेको बताएका छन् ।गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ पाँच सय ११ मिटर र चौडाइ तीन सय १३ मिटर देखाएको वडाध्यक्ष गुरुङको भनाई छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका