जोडिनुहोस
  • होमपेज
  • नारायणघाट–काठमाडौँ सडकमा मालवाहक गाडी चलाउन नपाइने

नारायणघाट–काठमाडौँ सडकमा मालवाहक गाडी चलाउन नपाइने

काठमाडौँ ।नारायणघाट–काठमाडौँ सडकमा ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी चलाउन नपाइने भएको छ ।

आजदेखि कात्तिक ८ गतेसम्म यातायात व्यवस्था विभागले दशैँको बेलामा गाडीको चापलाई मध्यनजर गर्दै ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन रोक लगाएको हो ।

विभागले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने नरोकिने जनाएको छ ।

ठूला गाडीले बाटो जाम बनाउने भएकाले दशैँका यात्रुलाई गन्तव्यसम्म पुग्न सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।

विभागका अनुसार ठूला मालवाहक गाडीलाई कात्तिक ८ गतेसम्म नारायणघाटमै रोकिनेछ ।

प्रत्येक वर्ष काठमाण्डौबाट दशैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति उपत्यकाबाट बाहिरिने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका