जोडिनुहोस
  • होमपेज
  • मिङ्सो र सुहाङको नियति, कुशे औंसीको दिन बुबालाई दागबत्ती

मिङ्सो र सुहाङको नियति, कुशे औंसीको दिन बुबालाई दागबत्ती

काठमाडौं । बिहीबार कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । आजको दिन आफूलाई जन्मदिने बाबु र दिवंगत पितापुर्खालाई सम्झने गरिन्छ । बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा आफ्ना बाबुको तस्बिर राखेर छोराछोरीले सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिइरहेका छन् ।

तर बुबाको मुख हेर्ने दिन नै संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि गरिएको छ । नेम्वाङका दुई छोरा मिङ्सो र सुहाङले आजकै दिन आफूलाई जन्मदिने बाबुलाई दागबत्ती दिनुपरेको छ । मान्छेले जन्म लिएपछि एक दिन यो नश्वर शरीर छाड्नैपर्ने हुन्छ । तर आज बुबाको मुख हेर्ने दिन सारा नेपालीले बुबालाई सम्झिरहेका बेला मिङ्सो र सुहाङले भने आफ्ना बाबुलाई गुमाएका छन् ।

उनको भौतिक शरीरलाई सदाका लागि गुमाउनुपरेको छ । यदि मिङ्सो र सुहाङ नेपालमै भएको भए मंगलबार नै नेम्वाङको अन्त्येष्टि हुने थियो । तर नियतिले बुबाको मुख हेर्ने दिन नै जुराएको छ ।नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ। उनलाई पशुपति आर्यघाटमा पुत्रद्वय मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएलगत्तै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।

नेम्वाङको निवास बालुवाटारबाट सुरु भएको शवयात्रा अन्त्येष्टिका लागि आर्यघाट पुगेको थियो। शोक मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। संविधानसभाबाट संविधान बनाउने मौका विरलै देशले पाउँछन् र त्यसमा पनि सभाको दुई–दुईपटक अध्यक्षता गर्ने जिम्मेवारी झनै दुर्लभ अवसर, त्यस्तो अभूतपूर्व अवसर नेम्वाङलाई मिल्यो ।

उनको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भयो । उनै नेम्वाङको अकल्पनीय निधनले देशले एक मध्यमार्गी वरिष्ठ राजनीतिज्ञ गुमाएको छ, राजनीतिक र संवैधानिक वृत्त स्तब्ध बनेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका