जोडिनुहोस
  • होमपेज
  • २७० पालिकामा रास्वपाको भेला सम्पन्न, केन्द्रीय सदस्य तत्काल नथप्ने

२७० पालिकामा रास्वपाको भेला सम्पन्न, केन्द्रीय सदस्य तत्काल नथप्ने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पाटीले कर्णाली बाहेकका ६ प्रदेशको प्रशिक्षण कार्यक्रम सकेर स्थानीयत हललाई प्राथमिकता दिएको छ ।रास्वपाले २७० पालिकामा भेला सकेको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार भदौको अन्तिम साता सभापति रवि लामिछाने, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, सांसदद्वय डा. स्वर्णिम वाग्ले, डा।तोसिमा कार्की लगायत गोरखा र तनहुँमा पालिका भेलामा सहभागी भएका थिए ।

रास्वपाले आगामी असोज ६ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भेला गर्ने तयारी गरेको छ । रास्वपाले विभागका प्रमुख तोके पनि अहिलेसम्म पूर्णता नै पाउन सकेको छैन् । रास्वपाले ३६ वटा विभाग बनाएको छ । त्यो मध्ये केहीमा सदस्य थप्ने तयारी गरेको छ ।

संगठन निर्माणका क्रममा धेरै व्यक्ति जोडिन बाँकी रहेकाले पूर्णता पाउनलाई समय लागेको रास्वपाले जनाएको छ । रास्वपाले नेतृत्व चयन प्रक्रिया अन्य पाटीको भन्दा फरक बनाएको छ । केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्छ ।

प्रत्येक विभागमा प्रमुख सहित ११ जना हुने व्यवस्था छ । ३६ वटा विभागको प्रमुखमा केन्द्रीय सदस्य वा सांसदलाई मनोनित गरिएको छ । रास्वपाले दस्तावेजको मस्यौदा असोज मसान्तसम्म टुङ्याउने जनाएको छ । रास्वपाले पार्टी गठन भएको एक वर्षमा पार्टीको दस्तावेज सार्वजनिक गर्न घोषणा गरेपनि अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन् । रास्वपाले दस्तावेज निर्माणका लागि १७ जनाको टोली बनाइएको छ । उक्त टोलीले ५१ जिल्ला पुगेर नागरिकका राय लिने रास्वपाको तयारी छ ।

३ असोजदेखि मस्यौदा समितिका टोलीहरु सम्बन्धित स्थानमा रास्वपाले खटाउने छ । रास्वपाले केन्द्रीय सदस्य तत्काल नथपिने निर्णय गरेको छ । १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि हाल ३९ जना छन् । २१ जना सांसदमा ६ जना मात्रै केन्द्रीय समितिमा छन् । डा। स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, हरि ढकाल लगायतका सांसद केन्द्रीय सदस्यमा चयन हुन सकेका छैनन् ।

रास्वपाले नयाँ दलको हिसाबले निर्वाचको उमेदवारी दिँदा जति जनतालाई आश्वासन देखाएको थियो सोहीअनुरुपको काम गर्न सकिरहेको छैन् । जनता र देशको विकासको पक्षमा बढी जोड दिनुपनेृमा रास्वपाले संगठन बलियो बनाउने दिशातर्फमात्र केन्द्रित हुन थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका