जोडिनुहोस
  • होमपेज
  • मिस्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन असोज ५ र ६ गते हुने

मिस्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन असोज ५ र ६ गते हुने

चौथो मिस्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता यही असोज ५ र ६ गते हुने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आयोजक बुल्समेन क्लबले प्रतियोगिता असोज ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने जनाएको हो ।

प्रतियोगिताको पुरुषतर्फ कुल सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुष बडी विल्डिङतर्फ ५५ किलो, ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो, ८० किलो र ८० किलोभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुने संघका सचिव उदिम गुरुङले बताए । पुरुष फिजिकमा भने १७० सेन्टिमिटरभन्दा माथि र तल गरी दुई समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ वेल्नेस र फिजिक दुवैमा खुला प्रतिस्पर्धा हुनेछ । सबै तौल समूहका विजेताले समान ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

फिजिकमा पुरुष र महिला दुवैतर्फका विजेताले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, बडी विल्डिङको ओभरअल च्याम्पियनले पाँच लाख रुपैयाँ प्राप्त गर्ने सचिव गुरुङले बताए । प्रतियोगिताका लागि कुल ६५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । सचिव गुरुङले प्रतियोगिताका लागि खेलकुदसम्बन्धी निकायबाट कुनै सहयोग नभएको र सबै खर्च आयोजकले नै व्यवस्था गरेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका