जोडिनुहोस
  • होमपेज
  • जमुनाह नाकामा सुरक्षा सतर्कता

जमुनाह नाकामा सुरक्षा सतर्कता

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ ।

भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्तालाई आवागमनमा सहजताका लागि विशेष सतर्कता अपनाइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए।

अहिले भारततिर जाने र आउने सर्वसाधारणले जमुनाहमा भीडभाड बढेको छ”, विष्टले भने, “सीमानाकामा लुटपाट हुन नदिन र सहजरुपमा आवतजावतका लागि हरदम प्रयास गरिरहेका छौँ ।”

भारतीय सुरक्षाकर्मीले आवागमनमा परिचयपत्र अनिवार्य गरेकाले परिचयपत्र नभएर अलपत्र परेका नेपालीलाई रुपैडिहा पुगेर भनसुन गरी नेपालतर्फ आउने वातावरणसमेत बनाउने गरेको उनको भनाइ छ ।

अहिले सीमावर्ती भारतीय बजार रुपैडिहा जान अनिवार्य परिचयपत्रको व्यवस्था गरिएकाले नेपाली उपभोक्ताले सास्ती व्यहोर्दै आएका छन् । नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यकपर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् ।

बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट तथा सल्यानलगायतका उपभोक्तासमेत किनमेलका लागि भारतीय बजार रुपैडिहा जाने गरेका छन् । सीमा क्षेत्रमा चाडपर्वका बेलामा लुटपाटका घटनासमेत हुने भएकाले सुरक्षा सतर्कता आवश्यक रहेको स्थानीय नागरिक अगुवा तेजविक्रम शाहले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका