जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै, नेपाल चीन बिजनेस समिटमा सहभागी हुने

प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै, नेपाल चीन बिजनेस समिटमा सहभागी हुने

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछन् । उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् । विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने छन् । उनको बसोबासको प्रबन्ध सोही स्टेट गेस्ट हाउसमा मिलाइएको छ ।

आज अपराह्न ४ बजे नेपाल चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीहरुसहित नेपालबाट गएका उद्योगी व्यवसायीहरुसमेतको टोली सहभागी हुने छ । उक्त समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

त्यसपछि पौने ६ बजे उनी बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । सोमबार समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड शनिबार चीनको हान्जाउ पुगेका थिए । त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गर्नुका साथै १९ औं एसियन गेम्सको उदघाटन समारोहमा सहभागी भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका