जोडिनुहोस
  • होमपेज
  • रोनाल्डो बिना अल नासरको फराकिलो जित

रोनाल्डो बिना अल नासरको फराकिलो जित

काठमाडौँ । साउदी क्लब अल नासर किंग कपको राउण्ड १६ मा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड ३२ को खेलमा ओहोड क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै अल नासर राउण्ड १६ मा पुगेको हो ।

अल नासरजो जितमा साडियो माने, सेको फोफाना, टालिस्का, आयमान याहया र सामीले एक एक गोल गरेका थिए ।

अल नासरले यस खेलमा क्रिस्टियानो रोनाल्डोलाई आराम दिएको थियो ।

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा अल हिलालले पनि अल जाबालैनलाई १(० गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा स्थान सुरक्षित गरेको छ । अल हिलाल किंग कपको डिफेन्डिङ च्याम्पियन पनि हो ।

अब किंग कपको राउण्ड १६ को ड्र भने बुधबार हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका