जोडिनुहोस
  • होमपेज
  • अफगानि क्रिकेटर नवीनद्धारा सन्यासको घोषणा

अफगानि क्रिकेटर नवीनद्धारा सन्यासको घोषणा

काठमाडौं । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

२४ वर्षीय उनले सामाजिक सञ्जालमार्फत अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप खेलेलगत्तै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।

अफगानिस्तानको टोलीबाट उनले आईसीसी एकदिवसीय विश्वकप खेल्दैछन् । उनले दुई वर्षभन्दा लामो समयदेखि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । उनले पछिल्लो पटक सन् २०२१ को जनवरी २६ मा आयरल्यान्डविरुद्ध अन्तिम एकदिवसीय खेल खेलेका थिए ।

नवीन उल हकले हालसम्म अफगानिस्तानका लागि सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । उनले सात एकदिवसीय खेलमा १४ विकेट लिएका छन् । टी—२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनले नियमित रूपमा सहभागिता जनाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका