जोडिनुहोस
  • होमपेज
  • एमाले कोशी अधिवेशनको तयारी पूरा, ५० जना प्रतिनिधि छनोटमा विवाद

एमाले कोशी अधिवेशनको तयारी पूरा, ५० जना प्रतिनिधि छनोटमा विवाद

विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पुरा भएको हो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको तयारी पुरा भएको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बताए । तर प्रतिनिधि छनोटको विवाद भने कायम नै छ । पालिका र जनवर्गीय संगठनबाट ९९७ जना प्रतिनिधि छनोट भएर विराटनगर आइपुगेका छन् ।

५० जना प्रतिनिधिको छनोट बाँकी छ । पार्टी कमिटीले मनोनित गर्ने ५० जना प्रतिनिधि छनोटको टुङ्गो लागिनसकेको उनले बताए । छनोट गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । मनोनित भए अधिवेशनमा सहभागि हुने प्रतिनिधिको संख्या १०४७ हुनेछ । प्रदेश कमिटीले प्रतिनिधि छनोट गर्दा एक पक्षीय हुने र विवाद हुने देखिएपछि यो प्रकिया रोक्न आग्रह गरिएको एमाले मोरङका एक नेताले बताए ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी बन्नेछ । अधिवेशनमा सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने अध्यक्ष न्यौपानेले बताए । सहमति नभए निर्वाचन हुने उनले बताए । निर्वाचन हुँदा प्यानल भने बनाउन निषेध गरिएको उनको भनाई छ । अधिवेशनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रदेश इञ्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने र मुलुकको समस्या समाधान पहल गर्ने बताए ।

नेकपा एमाले भित्र विवाद सृजना गरेर कमजोर बनाउनका लागि देशी र विदेशी शक्ती सक्रिय भएर लागि परेको उनले बताए । उनले पार्टी भित्र नेतृत्वका विषयमा कुनै विवाद नरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका