जोडिनुहोस
  • होमपेज
  • प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ।

इप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आज एकदिने निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचरी एवं प्रहरी परिवारसहित भूपू प्रहरीको स्वास्थ्य जाँच गरिएको हो।

चौबीसै घण्टा जनताको सुुरक्षामा खटिएका प्रहरी कर्मचारी आफ्नो स्वास्थ्य समस्याबारे अनभिज्ञ भएकाले प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी स्वास्थ्य जाँच गरिएको इलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।

प्रनाउ तिवारीले भने, चौबीसै घण्टा जनताको सुरक्षामा खटिएर आफ्नो ड्यटी निभाउने प्रहरी आफ्नै स्वास्थ्य जाँचका विषयमा अनभिज्ञ भएकाले स्वास्थ्य शिविरको आयोजना गरेका हौँ, उनले भने, आम नागरिकको सुरक्षा प्रभावकारी ढङ्गले पूरा गर्न प्रहरी स्वयं स्वस्थ रहन आवश्य छ।

प्रमुख अथितिका रूपमा रहेका लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक एवं प्रहरी वरिष्ठ उपरीक्षक डा अमिनकुमार श्रेष्ठले प्रहरी कर्मचारी रातदिन जनताको सुरक्षाका लागि काम गर्दा आफ्नो स्वास्थ्य सुरक्षाका लागि सजग हुनुपर्ने बताए। ुजनताको सुरक्षार्थ खटिनका लागि सर्वप्रथम त प्रहरी स्वयं नै स्वस्थ्य हुन आवश्यक छु, उनले भने।

कार्यक्रममा भूतपूर्व प्रहरी कर्मचारी यामबहादुर गैरेले प्रहरीको स्वास्थ्य सुरक्षाका लागि ठूलो सहयोग पुग्ने बताए। त्यसैगरी कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले प्रहरीको निःशुल्क स्वास्थ्य जाँचका लागि स्वस्थ्य शाखा सधैँ तयार रहेको बताए।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाद्वारा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँचका लागि मेडिकल अधिकृतको टिम, स्टाफ नर्स, ल्याब टेक्निसियन उपलब्ध गराइएको थियो भने लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट विशेषज्ञसहितको टोलीले प्रहरीको स्वास्थ्य जाँचमा सहयोग गरेका थिए।

प्रहरी कर्मचारीलाई कोहलपुर आँखा उपचार केन्द्रको सहयोगमा निःशुल्क आँखा जाँच गरिएको छ। त्यसैगरी उच्च रक्तचाप, मधुमेह, दाँतलगायत सामान्य स्वस्थ्य जाँचसमेत गरिएको छ।

कोहलपुर इलाका प्रहरी कार्यालयको मातहतमा २२ वटा प्रहरी चौकी रहेको छ। जसमा दुई सय १६ प्रहरी कार्यरत छन्। आज भएको स्वास्थ्य जाँचमा प्रहरी कर्मचारी एवं भूतपूर्व प्रहरी, प्रहरी परिवारसँगै एक सय ६० जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका