जोडिनुहोस
  • होमपेज
  • गम्भीर अपराधका दोषीलाई आममाफी दिएपछि रास्वपाको टोली राष्ट्रपति कार्यालयमा

गम्भीर अपराधका दोषीलाई आममाफी दिएपछि रास्वपाको टोली राष्ट्रपति कार्यालयमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीको टोली कर्तव्य ज्यानसम्बन्धी घटनामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके योग ढकाल ९रिगल० लाई उन्मुक्ती दिएको विषयमा विरोध जनाउँदै राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न सितल निवास पुगेको छ ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा ग्न्डाका नाइके समेत रहेका योग ढकाललाई राष्ट्रपति पौडेलले आममाफी दिएपछि यस्तो जघन्य अपराध गर्ने व्यक्तीलाई उन्मुक्ति दिन नहुने भन्दै रास्वपाको टोली सितल निवास पुगेको हो । मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका ‘रिगल’ भनिने योगराजलाई उन्मुक्ति दिनु उचित नहुने रास्वपाले निष्कर्ष निकालेको छ ।

नेपालगञ्जकै चेतन मानन्धरलाई दिनदहाडै खुँडा हानेर हत्या गरेपछि जिल्ला अदालत बाँकेको आदेशमा सर्वस्वससहित जेल सजाय पाएका ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा बाँकी सजाय माफी मिनाहासहित रिहा गर्न निर्देशन दिएका थिए। उक्त प्रकरणमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू सोमबार राष्ट्रपति कार्यालय पुगेका छन् ।

दिनदहाडै मानन्धरको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने र यसरी उन्मुक्ती दिँदा अझ बढी देशमा जघन्य अपराध बढ्न सक्ने रास्वपाले जनाएको छ । शीतल निवसामा सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरू पुगेका हुन्।

व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई संविधान दिवसमा उन्मुक्ति दिने परिपार्टी अन्त्यका लागि रास्वपाले संसद्मा संकल्प प्रस्ताव पनि दर्ता गर्ने भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका