जोडिनुहोस
  • होमपेज
  • शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार

शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार

शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै समता घरेलु लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले ओरालो लागेको छ । आज ४३ लाख २३ हजार कित्ता शेयर एक अर्ब १८ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका