जोडिनुहोस
  • होमपेज
  • जनमतले कारबाही गरेका शिवचन्द्र कुशवाह एमाले प्रवेश

जनमतले कारबाही गरेका शिवचन्द्र कुशवाह एमाले प्रवेश

जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाह लगायतका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् ।

१० वैशाखमा भएको स्थानीय चुनावमा कुशवाह बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनी उपनिर्वाचनको केही दिनअघि जनमत पार्टी प्रवेश गरेका थिए । तर सत्ता गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए । तर जनमतले अनुशासन उल्लंघन गरेको अरोपमा ४ साउनमा कुहवाह सहितका चार नेतालाई कारबाही गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका