जोडिनुहोस
  • होमपेज
  • ताइवानमा कोइनु आँधीबाट १९० घाइते

अन्तर्राष्ट्रिय

ताइवानमा कोइनु आँधीबाट १९० घाइते

  • Sagarmatha TV
  • बिहिबार, अशोज १८, २०८०
ताइवानमा कोइनु आँधीबाट १९० घाइते

बिहीबार दक्षिणी ताइवानमा कोइनु आँधी आउँदा एक सय ९० जना घाइते भएका छन् । यद्यपि कोइनुका कारण आएको हावाहुरीसहितको वर्षाले कसैको ज्यान नगएको अधिकारीहरूले बताएका छन् । कोइनुका कारण स्कुल र कार्यालयहरू बन्द भएका छन् ।

जापानी भाषामा ‘कुकुर’ अर्थ रहेको कोइनु बिहीबार बिहानै दक्षिणी ताइवानको केप इलुआन्बीमा प्रवेश गरेको थियो र यो पश्चिमतिर दक्षिणी चीनको गुआङडोङ र फुजियान प्रान्ततर्फ जाँदा कमजोर हुने अपेक्षा गरिएको छ ।

बुधबार साँझ आएको आँधीले ताइवानमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको हावा ल्याएको थियो । ताइवानको दक्षिणपश्चिम टापु अर्किडमा रहेको मौसम अनुगमन स्टेसनले स्थानीय समयअनुसार राति ९ः५३ मा हावाको वेग प्रतिघण्टा तीन सय ४२ दशमलव सात किलोमिटर मापन गरेको थियो । साथै राति ९ः४० मा एक सय ९८ दशमलव सात किलोमिटर प्रतिघण्टाको दरले हावा चलेको थियो ।

केन्द्रीय मौसम प्रशासनको टाइटुङ मौसम स्टेसनका प्रमुख हुआङ चिया–मेइका अनुसार ताइवानले सन् १८९७ देखि हावाको गति मापन गर्न थालेयता यी दुवै मापनले अहिलेसम्मकै उच्चता कायम गरेको हो । उनले हावाको गति मापन गर्ने यन्त्र आँधी आएको केही समयपछि बिग्रिएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका