जोडिनुहोस
  • होमपेज
  • इजरायलमा आपतमा परेका नेपालीहरूको उद्धार गर्न सरकारलाई देउवाको आग्रह

इजरायलमा आपतमा परेका नेपालीहरूको उद्धार गर्न सरकारलाई देउवाको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको एकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु-याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । नेपाल सरकारले अविलम्व कुटनीतिक पहल गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ । मित्रराष्ट्र इजरायलका विभिन्न स्थानहरूमा भएको आक्रमणमा परी करीब एक दर्जन घाइते र आक्रमणकारीबाट केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेस यस घटनाको भत्र्सना गर्दै गहिरो चिन्ता प्रकट गर्दछ, जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम) अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्वद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग नेपाली कांग्रेसले आग्रह गरेको छ । । साथै अप्ठ्यारोमा परेका नेपालीहरूले आवश्यक सहयोगका लागि इजरायल स्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न समेत सभापति देउवाले आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका