जोडिनुहोस
  • होमपेज
  • सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानीय र सशस्त्र प्रहरी बीच झडप (भिडियोसहित)

सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानीय र सशस्त्र प्रहरी बीच झडप (भिडियोसहित)

सिन्धुपाल्चोक – चीनसँगको सिमाना सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकामा स्थानीयबासी र सशस्त्र प्रहरी बीच झडप भएको छ । नाकाबाटा सामान ल्याउने विषयलाई लिएर स्थानीयबासी र सशस्त्र प्रहरी बीच झडप भएको हो ।

स्थानीयबासीका अनुसार चीनियाँ बजारबाट घरयासी प्रायोजनका लागि ल्याउँदैगरेको स्थानियबासीको सामान सशस्त्र प्रहरीले खोस्ने क्रममा स्थानियमाथि दुर्व्यवहार गरेपछि विवाद सुरु भएको थियो । विवाद लम्बिदै जाँदा झडप भएको हो । सामान ल्याउने क्रममा विवाद भएको तातोपानी भन्सार कार्यलयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए ।

वर्षौं सम्म बन्द तातोपानी नाका केहि समय अघि मात्र खुलेको थियो । नाका खुलेसँगै सामान्य घरयासी समान सहज रुपमा ल्याउन पाउनु पर्ने स्थानियबासीको माग छ । तर शसस्त्र प्रहरीले सामान्य घरयासी सामानमा समेत कडाई गरेपछि नाकाका स्थानीय आक्रोशित बनेका छन् ।

नाकामा प्रहरीले ज्याजती गरेको भन्दै स्थानियले यसरी पीडा पोखेका छन्ः

दशै तिहारको मुखमा आफ्नो घरायशी प्रयोजनको लागी प्रयोग हुने सानो तिनो सामानहरु समेत ससस्त्र बलले खोस्ने अझ उल्टै आज एक जना स्थानीयबासीको ससस्त्रले टाउको नै फुटाएको छ यसको जवाफदेहि को हुने ? साथै यस घटनालाई लिएर भोटेकोशीका स्थानियहरु आक्रोशित भएर यस अवस्था सिर्जना भएको हो । स्थानियबासीहरुको लागी केहि सेवा सुविधा नै छैन भने नाका खुलेको के नै अस्तित्व रहयो र ? हाम्रा जनप्रतिनिधि भनोैदाहरु सबै निदाई सके अब यस बिषयलाई लिएर माथिल्लो निकाएहरुबाट एकदमै ध्यान दिनु पर्ने देखिन्छ ।

नाका खुलेपनि स्थानीयहरुको लागी केहि सुविधा नभएको उनिहरुको भनाई छ । आफ्नो घरायशी प्रयोजनको लागी प्रयोग हुने सानो तिनो सामानहरु समेत ससस्त्र बलले खोस्दा बाह्य पर्यटकहरुलाई समेत नकरात्मक असर पर्ने स्थानियको भनाई छ ।

भिडियो

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका