जोडिनुहोस
  • होमपेज
  • मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

ओखलढुंगा— मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख विनोद कटवाल बालिका यौन दुर्व्यवहार कसुरमा दोषी ठहरिएका छन् ।

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सुनकोशी गाउँपालिका–९ का ५३ वर्षीय कटवाललाई ओखलढुङ्गा जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको २०८० असोज १७ गतेको इजलासले कटवाललाई एक वर्ष कैद सजायको फैसला गरेको छ ।

कटवाललाई एक वर्ष कैद सजायसँगै २५ हजार रुपियाँ जरिवाना र ४० हजार क्षतिपूर्ति भराउन आदेश भएको अदालतका स्रेस्तेदार विनोद प्रसाद घिमिरेले बताए ।

मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख कटवालले २०७९ मङ्सिर १७ गते आफ्नै घरमा काम गर्न बोलाएर बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गत वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा कटवाललाई प्रहरीले जेठ २ गते पक्राउ गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०८० जेठ २३ गते बाल यौन दुर्व्यवहारमा मुद्दा चलाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका