जोडिनुहोस
  • होमपेज
  • ‘मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न विकास र समृद्धि आवश्यक’

‘मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न विकास र समृद्धि आवश्यक’

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न मुलुकको आर्थिक विकास र समृद्धि आवश्यक रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघले बिहीबार काठमाडौंमा आयोजना गरेको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यबिना देशको आर्थिक समृद्धिले फड्को मार्न नसक्ने र राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न नसक्ने बताएका हुन् ।

मुलुकको समृद्धि र विकासको प्रक्रियालाई तीव्रता दिएर शिक्षा, स्वास्थ्य रोजगारी लगायतका जीवनका आवश्यकताहरू जनताले पूर्ति गर्ने अवस्था ल्याउनुपर्ने उनले बताए । उनले अहिलेको राष्ट्रिय कार्यभार पुरा गर्न राजनीतिक नेतृत्वले सहमतिका साथ काम गरेर मुलुकलाई एकतावद्ध रुपमा अघि बढाउनुपर्ने बताए ।

अपराध, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको स्थापना गर्ने अहिलेको कार्यदिशाको प्रमुख अंग गरेको उनको भनाइ छ । उनले सुशासनको अभियानलाई कमजोर पार्ने प्रयत्न भइरहको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासनको अभियान बलियो बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला तामाङलाई नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका