जोडिनुहोस
  • होमपेज
  • रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी

रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी

काठमाडौँ । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको हो ।

समुह जे अन्तर्गतको गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने गोन्कालो रामोसले एक गोल गरेका थिए । योसँगै रोनाल्डोले अन्तराष्ट्रिय गोलसंख्या १२५ पुर्याएका छन् । उनी विश्वमै सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने खेलाडी हुन् ।

त्यसैगरी स्लोभाकियाका लागि डेभिड हानको र स्टानीस्लाभ लोबोटकाले एक एक गोल गरेका थिए ।

पोर्चुगलको युरोकप छनौटमा यो लगातार सातौं जित हो । समुह जे मा रहेको पोर्चुगलको यो जितपछि ७ खेलमा २१ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी स्लोभाकियाको ७ खेलमा १३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका