जोडिनुहोस
  • होमपेज
  • रक्षामन्त्री खड्काले भने– नेपाली सेनाको स्थापित परम्पराविपरीत कुनै निर्णय हुन्न

रक्षामन्त्री खड्काले भने– नेपाली सेनाको स्थापित परम्पराविपरीत कुनै निर्णय हुन्न

काठमाडौं । माओवादीका पूर्वलडाकु यामप्रसाद अधिकारीलाई नेपाली सेनाको प्रधानसेनापति बनाउन लागेको हल्लाले अहिले राजनीति झन् तरंगित बनेको छ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासमेत अधिकारीलाई सेनापति बनाउन सहमत भएको भनेर समाचार माध्यममा आएपछि यो विषयले राजनीति तरंगित भएको हो । माओवादीको रणनीतिमा कांग्रेस पनि फसेको भन्दै शनिबारदेखि कांग्रेस उपसभापति खड्काको आलोचना भइरहेको छ ।

आइतबार बिहान कांग्रेस नेता शेखर कोइरालाले नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन भन्दै आपत्ति जनाए । कोइरालाले भनेका छन्, ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस् ।’

कोइरालाको यस्तो आक्रोशित अभिव्यक्ति पछि रक्षामन्त्री खड्काले प्रस्टीकरण दिएका छन् । उनले भनेका छन्, ‘नेपाली सेनाको भावी प्रधानसेनापतिको नाममा मेरो नामसमेत जोडेर केही सञ्चारमाध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रस्ट पार्न चाहन्छु। सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्पराको विपरीत गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्दिनँ, म यसप्रति पूर्णप्रतिबद्ध छु ।’

खासगरी एमालेको एउटा पक्षले नियोजित रूपमा कांग्रेसमाथि प्रहार गरिरहेको छ । यसै मेसोमा सेनापतिको विषय जोडेर कांग्रेसलाई बदनाम गर्न खोजिएको स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका