जोडिनुहोस
  • होमपेज
  • मुख्यमन्त्री कार्कीलाई ओलीलाई भेटेर दिए धन्यवाद, सच्चा काम गर्न ओलीको सुझाव

मुख्यमन्त्री कार्कीलाई ओलीलाई भेटेर दिए धन्यवाद, सच्चा काम गर्न ओलीको सुझाव

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार बिहान ओलीसँग ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका हुन् । केदार कार्कीसँगै ओली निवास बालकोट पुगेका पुरञ्जन आचार्यका अनुसार समय छोटो भएका कारण बढी कुरा हुन पाएन् । ओली बाहिर निस्कन लागेको समयमा पुग्दा हतारमा उभिएर मात्रै कुरा भएको आर्चाको भनाइ छ ।

उक्त भेटमा कार्कीले ओलीलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए भने ओलीले आफ्नो कार्यलमा सच्चा काम गर्न सुझाव दिएका थिए । शनिबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएका कार्की कांग्रेस नेता शेखर कोइरालालाई यसअघि नै भेटिसकेका थिए ।

कार्कीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार उनी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने एमाले र कांग्रेसका विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका