जोडिनुहोस
  • होमपेज
  • जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

राजविराज–सप्तरी। हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

सो दुर्घटनामा घाइते भएका साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिए पनि उपचारकै क्रममा उहाँको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

राजविराजबाट पश्चिम जाँदै गरेको स१०प ४७२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका