जोडिनुहोस
  • होमपेज
  • एसीसी यू–१९ प्रिमियर कपः जापानलाई १ सय ४३ रनले हराउँदै नेपाल फाइनलमा

एसीसी यू–१९ प्रिमियर कपः जापानलाई १ सय ४३ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं। नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार पहिलो सेमिफाइनलमा जापानलाई डकवर्थ लेविसका आधारमा १ सय ४३ रनले हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

फाइनल पुगेसँगै नेपाल यू–१९ एसिया कपमा समेत छनोट भएको छ ।

नेपालले सुरुआती ब्याटिङ गर्दा २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाएपछि वर्षाले खेल प्रभावित बनेको थियो ।

नेपालका ओपनर दिपक बोहरा ७९ रनको शानदार इनिङ्स खेलेका थिए । अर्जुन कुमाल १० रनमा पोविलियन फर्किएका थिए । आकाश त्रिपाठीले ३५ र कप्तान देव खनालले ८ रन बनाएको अवस्थामा निरन्तर झरी परेपछि खेल वर्षाले प्रभावित बनेको थियो ।

जापानका कजुमा काटो स्टेफोर्ड र किफर यामामोटोले समान एक विकेट हात पारेका थिए ।

त्यसपछि जापानले १ सय ८७ रनको लक्ष्य प्राप्त गरेको थियो । तर जापान ११ दशमलव ५ ओभरमा ४३ रनमा अलआउट हुन पुग्यो ।

शोतारो हिरात्सुकाको १५ र किफर यामामोटोको १३ रन टोलीको सर्वाधिक स्कोर रह्यो । अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

जापानका ५ खेलाडी शुन्य रनमा पोविलियन फर्किएका थिए ।

नेपालका हेमन्त धामी र दिपेश कँडेलले समान ३ विकेट, सुवास भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका