जोडिनुहोस
  • होमपेज
  • चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन

अन्तर्राष्ट्रिय

चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन

  • Sagarmatha TV
  • शुक्रबार, कार्तिक १०, २०८०
चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन

बेइजिङ। चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको शुक्रबार अचानक हृदयाघातका कारण निधन भएको छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रिय समितिको राजनैतिक ब्युरोका स्थायी समिति सदस्य तथा पूर्वप्रधानमन्त्री लिको ६८ वर्षको उमेरमा शुक्रबार साङ्घाईमा निधन भएको हो ।

मलुककै दोस्रो सर्वोच्च नेताको पदबाट हटेको एक वर्ष नपुग्दै उहाँको हृदयाघातको कारण निधन भएको हो । सि जिनपिङमाथि हावी नहुन् भनेरर कुनै समय सम्भावित शीर्ष नेताका रूपमा हेरिएका लिलाई जानाजान वर्षौँसम्म सार्वजनिकरूपमा टाढा राखिएको थियो । सिले त्यसपछि धेरै शक्ति हासिल गरे ।

केही मानिसका अनुसार लिले आफ्नो देशका लागि योगदान दिने महत्वाकांक्षाका साथ कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए तर कठोर कम्युनिस्ट शासनले उनलाई दबाएर राख्यो ।

सिङ्गापुर पोस्टका अनुसार उनलाई शक्तिबाट बाहिर निकालेपछि मुलुकको निजी क्षेत्रको भविष्यका साथै उनले समर्थन गरेको आर्थिक सुधारमाथि पनि प्रश्नचिह्न खडा भयो ।

विश्लेषकहरूका अनुसार लि आफ्नै प्रकारको अन्तिम प्रधानमन्त्री हुन सक्छन् जसको शासनप्रति अर्थतन्त्र–केन्द्रित दृष्टिकोण सि जिनपिङको वैचारिक स्वर र अधिनायकवादी प्रवृत्तिको विपरित छ ।

“मानिसहरुले के गरिरहेका छन् भनेर स्वर्गले हेरिरहेको छ”, आठ सयभन्दा धेरै वरिष्ठ अधिकारीहरूलाई बिदाइ गर्ने क्रममा लिले भनेका थिए ।

सिङ्गापुर पोस्टका अनुसार लिका लागि सि जिनपिङलाई सन् १९७८ मा सुरु गरिएको ‘सुधार र उद्घाटन’ नीतिको भावनालाई ‘विघटन’ गर्नबाट रोक्न असम्भव थियो तर उनले केही साहस देखाए ।

लिको स्थानमा आएका लि कियाङलाई सिको निकट मानिन्छ जसलाई साङ्घाईमा महिनौँसम्म निर्मम तरिकाले कोभिड लकडाउन लागु गर्ने नेताका रूपमा चिनिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका